हिमानी ट्रष्टद्धारा दोस्रो चरणकोे राहत वितरण

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा समस्यामा परेका मजदुर तथा विपन्न वर्गलाई हिमानी ट्रष्टले दोस्रो चरणकोे राहत वितरण गरेको छ ।

 

बिज्ञापन

विभिन्न संस्था तथा व्यक्तिलाई कोषले वितरण गरेको सामग्रीमा खाद्य तथा स्वास्थ्य सामग्री रहेका छन् । कोषले सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा पीपीइ, मास्क, पञ्जा र स्यानिटाइजर वितरण गरेको छ ।

 

त्यस्तै काठमाडौ महानगरपालिका वडा नम्बर तीनलाई बीस थान पीपीइ, मास्क र स्यानेटाइजर कोषले दिएको छ । आर्यघाटमा रहेर शव व्यवस्थापनमा खटिएका कर्मचारीलाई पनि कोषले पीपीइ, मास्क र स्यानेटाइजर वितरण गरेको छ ।

 

कोषले काठमाडौंमा रहेको कालिमाटी फलफूल तथा तरकारी बजार, नक्साल, चावहिल, जोरपाटी, कोटेश्वरमा रहेका व्यापारीलाई पनि मास्क, ग्लोब्स, डिसइन्फेक्सन स्प्रे वितरण गरेको छ ।

 

त्यस्तै पशुपति विकास कोषलाई २० बोरा चामल, ४ सय केजी दाल र एकल महिलाका लागि काम गर्दै आएको छहारी नामको संस्थालाई ७४ बोरा चामल वितरण गरिएको छ ।

 

त्यस्तै त्रिभुवन विश्व विद्यालयमा अध्ययनरत १ सय ५० जना विद्यार्थी, जोरपाटी क्षेत्रमा रहेका अपाङ्गता भएका परिवार, भक्तपुरमा गन्धर्व परिवार, मानवीय सरोकार बालगृह र विद्युत प्राधिकरणका कर्मचारीका लागि पनि राहत सामग्री वितरण गरिएको थियो । हिमानी ट्रष्टले पहिलो चरणमा पनि विभिन्न संस्था र व्यक्तिलाई मास्क, पञ्जा वितरण गरेको थियो ।