कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण नगर समन्वय समिति दमकको सुचना

कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण नगर समन्वय समिति दमकको सुचना

 

बिज्ञापन

 भोली मिति २०७७ साल वैसाख २९ गते देखि दैनिक उपभोग्य सामाग्री विहान ८ बजे
देखि १२ बजे सम्म मात्र विक्री वितरण गर्न पाईने छ ।

 

 दैनिक उपभोग्य सामाग्री वाहेक अन्य पसल खोल्न पाईने छैन ।

 

 तोकिएको समय र तोकिएका दैनिक पसल वाहेक अन्य पसल खोलेमा कानून वमोजिम
कारवाही गरिने छ ।

 

 देवकोटा चोकदेखि उत्तर सब्जी लाईन सम्म र सब्जी लाईन मार्गमा सवारी आवागमन
निषेध गरिएको छ ।

 

 उपभोग्य सामाग्री खरिद गर्न आउँदा सकेसम्म सवारी साधन प्रयोग नगर्नु होला ।

 

 घरभित्रै बसौं ।

 

 कोरोना संक्रमण वाट आफूपनि बचौं र अरुलाई पनि बचाऔ ।