
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आइजीपी नियुक्तिलाई लिएर आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट लेख्दै नेता कोइरालाले वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको बताएका छन् ।
बिज्ञापन



नेता कोइलाले सरकारको यो निर्णयले सिंगो प्रहरी सङ्गठनलाई फेरि एकपटक विवादमा ल्याएको बताएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।
साथै सरकारले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी समेत गरेका छन् ।