
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ ।
आज (बधबार) बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित भएको हो ।
नेकपा नेता भिम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएपछि बैठक स्थगित गर्नुपरेको सांसदहरुले जनाएका छन् ।
सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगनको सूचना आएको एक नेताले जानकारी दिए ।
मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् । उनी भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित घरमा बस्दै आएका थिए ।
स्थायी कमिटीको अर्को बैठकको मिति भने तोकिएको छैन ।
यसैगरी अर्की २५ वर्षीया महिला मध्यपुरथिमी नगरपालिका–९ मा बस्दै आएकी थिइन् । उनी दुई दिन अगाडि सुनसरीबाट मोटरसाइकल चढेर भक्तपुर आएकी थिइन् ।