प्रदेश एकमा सोमबार मुख्य न्यायाधीवक्तासहित ५७ जना कोरोना संक्रमित थपिए

विराटनगर, १९ साउन । प्रदेश १ का मुख्य न्यायाधीवक्ता चुडामणि आचार्य सहित प्रदेश एकमा सोमबार ५७ जना कोरोना संक्रमित थपिएका छन् भने ८ जना डिस्चार्ज भएका छन् ।

मोरङमा ४७ जना , झापामा ६ जना र सुनसरीमा ५ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा विराटनगरका २२ जना , रंगेलीका २२ जना र कटहरीका २ जना रहेका छन् भने झापाको विर्तामोडका १ जना र अर्जुनधाराका ५ जना रहेका छन् । त्यसैगरी सुनसरीमा इटहरीका ३ जना धरानका १ जना र इनरुवाका १ जनामा कोरोना संक्रमण देखिएको सो मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

विराटनगरमा देखिएका संक्रमितहरु अधिकांश अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी छन् भने प्रदेश प्रहरी कार्यालयका प्रहरी र चिया पसलले पनि रहेको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले जानकारी दिनु भयो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ८ सय २९ पुगेको सामाजिक मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा सोमबार ९ सय ५१ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १८ महिला र ३९ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरी स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड उपचार केन्द्रबाट ५ महिला र ३ पुरुष डिस्चार्ज भएका छन् ।

नयाँ संक्रमितहरुलाई उपचारको लागि लैजान तयारी भइरहेको सामजिक मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हाल सम्म ४५ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।