उपत्यकाका सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय

काठमाडौं : उपत्यका तीन वटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यक सेवा बाहेक सबै सरकारी कार्यालय १५ दिन बन्द गर्ने निर्णय गरेको छ ।

 

बिज्ञापन

कोरोनाभाइरस (कोभिड–१९)को जोखिक बढेको भन्दै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेक सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय जिल्ला प्रशासनले गरेको हो ।

 

निर्णय अनुमोदनका लागि तीन वटै प्रशासनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वका दुई संयन्त्र उच्चस्तरीय समिति र क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मा पठाएको छ । प्रशासनको यो निर्णय जेठ ५ गतेदेखि लागू हुने अनुमान गरिएको छ ।

 

यो निर्णय अनुमोदन भए सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, दैनिक उपभोग्य वस्तु र बिक्री तथा ढुवानीसँग सम्बन्धी कार्यालयमात्रै सञ्चालन हुने छन् ।