कुन-कुन प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ ?

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले शुक्रवार देशका विभिन्न भागमा मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र सुदूरपश्चिम प्रदेशको १–२ स्थानमा हल्का वर्षा हुने जनाएको हो।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, वाग्मती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बिज्ञापन

हिमपात र वर्षाका कारण देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।