
काठमाडौं । लकडाउनको समयमा नक्कली सैनिक पोसाक लगाएर हिँड्न १ जना पक्राउ परेका छन् ।

बिज्ञापन



आइतबार काठमाडौंको बाँसबारीमा होटल सञ्चालन गर्दै आएका दोलखाका सुशील खड्कालाई नक्कली सैनिक पोसाक लगाएर हिँडिरहेको अवस्थामा सैनिक प्रहरीे पक्राउ गरेको हो ।

उनी २०६८ सालमा सेनाले सञ्चालन गरेको सैन्य आधार तालिममा रहँदा भागेको पाइएको समेत सेनाले जनाएको छ ।
उनलाई सैनिक प्रहरी गणमा थप निगरानीमा राखेर कार्वाही प्रक्रिया अघि बढाइएको समेत नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।