
सुमित भण्डारी
झापा: करोना संक्रमणको त्रास फैलिएको बेला रक्तदानको अभियान भने रोकिएको छैन । संभावित कठिनाइको सामना गर्ने क्रममा रगतको समस्या हुन नदिन नेपाल रेडक्रस सोसाइटीले अथक प्रयत्न गरिरहेकोे बेला रक्तदान अभियानमा साथ दिदै झापा गौरादह नं. पा. ९ बैगुन्धुरामा मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरियो ।
रक्तदान कार्यक्रम स्थानीय आध्यात्मिक संस्था श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति बैगुनधुराको अायोजनामा सम्पन्न गरिएको बताइएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापाको प्राबिधिक सहयोग तथा स्थानीय संघ संस्थाहरु एक्सल डेभलपमेन्ट बैंक , बैगुनधुरा बचत तथा ऋण सहकारी संस्था , बैगुनधुरा इंग्लिस स्कुल , शुभलक्ष्मी सहकारी संस्था , सानाकिसान महिला सहकारी संस्था , गतिशील युवा क्लबको सहकार्यमा रक्तदान सम्पन्न गरिएको आयोजक संस्था झापा जिल्ला कार्य समिति सह सचिव तथा विद्यार्थी नेता समर्पण खतिवडाले ओमकार टाइम्सलाई बताए ।