तीनै तहको सरकारको कामबाट आफू असन्तुष्ट :  प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले तीनै तहको सरकारको कामबाट आफू असन्तुष्ट रहेको जनाएका छन् । उनले अहिले भईरहेको सरकारको कामबाट सन्तोष गर्ने ठाउँ नभएको बताएका हुन् ।

 

बिज्ञापन

हिजो आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा अध्यक्षकोतर्फबाट बोल्दै प्रधानमन्त्री ओलीले काम नभएको होइन तर जुन गतिमा हुनुपर्ने थियो त्यो हुन सकेन भन्दै जनताले अपेक्षा गरेअनुरुप काम नभएको बताए ।

 

आफूले चाहेको स्प्रिटअनुसार काम नभएको बताउँदै प्रधानमन्त्री ओलीले अपेक्षित आयोजना पनि समयमा नसकिएको बताए । त्यस्तै प्रधानमन्त्री ओलीले विकासको गति बढाउन सरकारले अहिलेको कार्यशैली फेर्नुपर्ने र आयोजना कार्यान्वयनमा गति दिन सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराए । यसरी प्रधानमन्त्री ओलीले असन्तुष्टिका कुरा गरिरहँदा त्यहाँ उपस्थित मन्त्री र सचिवहरु मौन बसेका थिए ।

 

शनिबार त्रिवि शिक्षण अस्पतालमा डायलाइसिस गरेर आराम गरिरहेका प्रधानमन्त्री ओली बैठकलाई छोटो सम्बोधन गर्न पुगेको थिए ।