
काठमाडौं — स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ ।

माओवादी केन्द्रले उम्मेदवारी दर्ताको दिनमै विजयी सुरुवात गरेको हो ।
बिज्ञापन



मनाङको नेस्याङ गाउँपालिका–९ मा वडा अध्यक्ष चोल्पा गुरुङलगायत सबै सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरूमा अनिल गुरूङ, धनबहादुर गुरूङ पनि निर्वाचित भएका छन् ।
यस्तै महिला सदस्यमा रिया गुरूङ र दलित सदस्यमा सुष्मिता सेन्चुरी पनि निर्विरोध निर्वाचन भएका हुन् ।
नेस्याङ गाउँपालिका–९ मा वडा अध्यक्ष तथा सदस्यहरुमा अन्यको उम्मेदवारी नपरेपछि माओवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
योसँगै माओवादीले चुनावमा विजयी सुरुवात गरेको हो ।
निर्वाचन समितिले भने सबैको नाम पालिकाको अन्तिम मतगणना भएपछि मात्रै घोषणा गर्नेछ ।