
पूर्वयुवराज्ञी हिमानी शाहले काठमाडौंको नागपोखरीमा पुगेर छठी माताको पूजा अर्चना गरेकी छिन् । पूर्वयुवराज्ञी शाहले छठ पर्वको मुख्य दिन आज (शनिबार) अपरान्ह नागपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठी माताको पूजा अर्चना गरेकी हुन्।

छठ पूजा मूल समारोह समिति तथा जयश्री सन्तोषी माता सेवा समितिलगायतका धार्मिक संघ, संस्थाहरूको संयोजनमा नागपोखरीले छठ पर्व विशेष रूपमा मनाइएको छ। नागपोखरीमा छठी माईको पूजाका लागि विभिन्न धार्मिक संघ, संस्थाहरूको पनि सहभागिता हुने गर्दछ।
बिज्ञापन



विशेषगरी तराईमा मात्रै मनाउने गरिएको छठ पर्वलाई काठमाडौंको उपत्यका र पहाडहरूमा पनि मनाउने कामको विधिवत सुरूआत २०५८ सालबाट भएको बताइन्छ। यसैबीच छठ पर्वको अवसरमा राष्ट्रपति बिद्या देवी भण्डारीले पनि सुर्य भगवानलाई अर्घ्य दिई छठीमाताको पूजा आराधना गरेकी छिन्।
