
नेपाल राष्ट्र बैंकले बिहीबार सोझै २५ अर्बको सरकारी ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २०७९ पुस मसान्तसम्म भुक्तानी मिति भएको नेपाल सरकारको ट्रेजरी बिल्स साँझै खरिद बोलकबोल गर्ने भएको हो । बैंकको सूचनाअनुसार बिहीबार दिउँसो ३ बजे ट्रेजरी बिलको बोलकबोल हुनेछ ।

बिलको बिक्री भने भदौ १० गते शुक्रबार हुनेछ । इच्छुक खरीदकर्ताले बिहीबार दिउँसो ३ बजेसम्म आवेदन लिन सक्नेछन् । प्रतिस्पर्धात्मक प्रणालीबाट कट अफ मूल्यमा बोलकबोल हुने ट्रेजरीका लागि खरिदकर्ताले न्यूनतम ५ करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंक सम्मका लागि माग गर्न सक्नेछन् ।
बिज्ञापन



