गगटा प्वाल भित्रै घरजम गरेर बसेको रहेछ, चिल्लो पारेर आली मात्र लगाइएछ !

सान नेपाल

ट्रम्पले WHO संग सम्बन्ध तोडेको घोषणा गरेछन् । WHO लाई मेडिकल माफियाको इसारामा चलेको आरोप छ ।

 

ट्रम्पले सहि गरे गलत गरे त्यो उनको कुरा होला तर साधारण खानपिन, आध्यात्मिक चिन्तन, सकारात्मक सोच, सात्विक आहारविहार, आयुर्वेदिक उपचार पद्धति सवै भुलेर एकोहोरो संख जस्तो आवाज गर्ने ५/६ मृत्यु झल्काउने कोभिड, लक डाउन, पिसिआर, आरडिटी जस्ता नयाँ नयाँ शब्दले संसारको सत्य नास गर्दैछ ।

 

हामीलाई विश्वमा हाम्रो हिमालय जडिबुटीको बजार फैलाउने राम्रो मौका थियोे कोरोनालाई अवसरको रूपमा प्रयोग गर्न सकिएन । हाम्रो जस्तो विश्वलाई धान्न सक्ने जडिबुटी हामी संग छ । बहुसंस्कृति, रितिरिवाज, मुल्यमान्यता र परम्पराभएको हाम्रो देशमा अनेकौं रोगहरु थाहै नपाइ हटेर जान्छन् ।

 

यार्सागुम्बा, पाखन्वेत, ठूलो ओखती, बाघको दुध, पदमचाल, बिख्मा, जिम्बु, चिराइतो, जस्ता हाम्रो पुर्खाले औषधीको रूपमा संरक्षण गरेर राखिदिएका दुर्लभ औषधि हामी संग छ । तर बिडम्बना नै भनौं यस्ता विषयको ज्ञान दिनु त परै छोडौं हाम्रो पाठ्यक्रम सामान्य स्थान सम्म पाउन सकेका छैनन् । आधुनिक शिक्षाको पहुँच पुग्न नसकेको भनिने हिमाली भेगमा बसोबास गर्ने हाम्रा दाजुभाइ दिदीबहिनीहरुले यस्ता औषधिको बारेमा अत्यन्तै व्यवहारिक ज्ञान हासिल गरेको पाइन्छ ।

 

वर्षको १ पटक मधेस झरेर व्यापार गर्नेहरुले घर घरमा ल्याइदिएको दुर्लभ औषधिको हामी तत्काल बिरोध गर्छौ । महंगो भन्छौं र खिल्ली सम्म उडाइरहेका हुन्छौं । त्यस्ता औषधिजन्य दुर्लभ जडिबुटीको बारेमा हाम्रा नानीहरूले पढ्न नपाएरै होला उनीहरुको डाक्टर बन्ने सपना संग यस्ता जडिबुटीको कुनै सम्बन्ध नै रहदैन । विश्व मानचित्रमा नेपाल भन्ने देश हिमालको काखमा अवस्थित राष्ट्रको नामले परिचित छ । देशको आर्थिक बिकास र समृद्धिको उदाहरण बन्न सक्ने यस्ता जडिबुटीको बारेमा प्रचार गरेर विश्वलाई हल्लाउन सक्ने अवसर हामी संग ज्युदै छ ।

 

जडिबुटीको देश भनेर घोषणा गर्नु सरकारको पहिलो कदम हुनु अपरिहार्य छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा उभिएर नेपालको प्राकृतिक सौन्दर्यको राम्रै प्रसंसा गर्न भ्याएका थिए । त्यसको लगत्तै योगगुरु स्वामी रामदेवको पतन्जलीले नेपालमा लगानी गर्यो ।

 

राष्ट्रपति बिद्या भण्डारीले तामझामका साथ रिवन काटेर उक्त आयुर्वेद कम्पनीको उद्घाटन गर्नु भयो । उक्त कम्पनीले नेपालमा सुरुवात गर्नुलाई नेपाली मिडियाले हिमाली जडिबुटीमा बिदेशीको आँखा भन्दै समाचार बनाए । यहाँ कसैले चाहेर वा आँखा लगाएर हाम्रो सामान लान्छन भन्नू आफैंमा अज्ञानता हो ।

 

व्यवस्था सुधारिए संगै काम गर्ने पद्धति र कामको जिम्मेवारी पाएको व्यक्तिमा अनुशासन र धैर्यता हुँदो हो त हामीले कसैलाई आरोप प्रत्यारोप र कटु आलोचना गर्नुपर्ने आवस्यकता रहदैन । शासक परिवर्तन भए तर पद्धति फेरिएन, आली धुर चिल्ला बनाएर धान रोप्ने प्रयास भयो तर गगटा देखिएन । रातभरमा गगटोले बनाएको प्वाल बाट खेतको पानी भाग्दा पनि मुख्य कारक गँगटो हो भन्ने चिन्न नसक्नु नै हाम्रो मुख्य कमजोरी हुँदै गएको छ ।

 

हिमाली भेगमा पाइने प्राकृतिक जडिबुटी मात्र होईन हाम्रो उर्वर भुमि मधेसमा पनि जडिबुटी खेतीको प्रचुर सम्भावना छ । जडिबुटी खेती मार्फत नयाँ आर्थिक क्रान्तिको जग बसाउन सकिन्छ भन्ने आधारहरु जिवितै छन् ।

 

हिमाल पहाड र तराईको उर्वर जलासय युक्त भुमिमा जडिबुटी खेती गरेर विश्वलाई यहाँ लगानीको वातावरण तैयार गर्ने हो भने समृद्धि टाढा छैन ।