डडेलधुराको क्वारेन्टाइनमा ६ वर्षीय बालकको मृत्यु

डडेलधुरा : डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ ।

 

जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकको शनिबार राति १२ बजे मृत्यु भएको हो ।

 

डडेलधुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार आमाबुबासँगै शनिबार गौरीफण्टा नाका भएर आएका सबैलाई आइतबार गाउँ लैजाने गरी डडेलधुरा सदरमुकाममा रहेको डडेलधुरा बहुमुखी क्याम्पस क्वारेन्टाइनमा राखिएको थियो ।

 

राति बालक अचानक बिरामी भएपछि अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक न्यौपानले जनाएका छन् ।

 

डडेलधुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टका अनुसार बालक बिरामी भएपछि आइतबार बिहान ३ बजे अस्पताल पुर्याउँदा मृत अवस्थामा रहेको बताए ।

 

क्वारेन्टाइनमा मृत्यु भएका बालकको आजै स्वाबको नमुना लिएर पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाउने डडेलधुरा अस्पतालले जनाएको छ ।