
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अहित हुने कुनै प्रकारको सन्धी सम्झौतामा सरकार अग्रसर हुनु घातक हुनसक्ने बताएका छन् ।
राष्ट्रिय महत्वको सन्धी सम्झौता गर्दा आम नागरिकको सुझाव पनि ग्राह्य हुनुपर्नेमा पनि उनले जोड दिएका छन् ।
उनले ट्वीट गर्दे भनेका छन्– ‘राष्ट्रिय मुद्दामा सबै राजनैतिक दल एकसुत्रमा बाँधिनु अनिवार्य हुन्छ। आपसको द्वन्दले देशलाई अधोगति तर्फ लैजान सक्छ।’
