सामाजिक सञ्जालमा ‘संसार छाड्ने’ म्यासेज लेखेर युवक बेपत्ता

ललितपुरको सातदोबाटोबाट एकजना युवक बेपत्ता भएका छन् । ब्राइट फ्युचर क्याम्पसमा बिबिएस चौंथो वर्षमा अध्ययनरत सरोज माबो लिम्बु आइतबारबाट बेपत्ता भएका हुन् ।  आइतबार साँझ लिम्बुले क्याम्पसको ग्रुप म्यासेजमा लेखे– ‘संसारबाट बिदा लिने सयम भयो ।

साथीहरु, तिमिहरुसँग कुरा गर्ने मन हुँदाहुँदै पनि जानुपर्ने कस्तो है यो समय ?’ साँझ ८ बजेर ५० मिनेटमा म्यासेन्जरमा लिम्बुले यस्तो लेखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए ।२४ वर्षका सरोज माबो लिम्बुको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले ।उनले भने– ‘अनुसन्धानबाट उनी ललितपुरको लेले क्षेत्रमा रहेको खुलेको छ ।’  सरोजको खोजीमा लेले क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।