प्रदेश १ मा सबैभन्दा धेरै संक्रमित झापामा

झापा । प्रदेश १ मा उदयपुबाट कोरोना संक्रमण शुरु भएको थियो । उदयपुरको भुल्के कोरोनाको हटस्पट बन्यो । शनिवार साँझसम्म १ नं. प्रदेशमा जम्मा संक्रमितको संख्या १६० पुगेको छ । शनिवार मात्रै संखुवासभामा २ जना कोरोना संक्रमित पुष्टि भयो । पछिल्लो विवरण अनुसार प्रदेश १ मै झापाको संक्रमित संख्या सबैभन्दा धेरै छ । अहिले भुल्केको त्रास झापामा सरेको छ ।

 

कोसी अस्पतालको ल्याबमा पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा संखुवसभाको २३ र २२ वर्षका दुई जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालकी सुपरीटेण्डेन्ड डा. संगीता मिश्राले जानकारी दिइन् । शुक्रबारसम्म प्रदेश १ को ८ जिल्लामा मात्र १ सय ५८ जना कोरोना संक्रमित पुगेको थियो । प्रदेश १ को सबै भन्दा बढी संक्रमित झापा जिल्लामा देखिएको छ ।

 

झापामा १ सय ७, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३, भोजपुरमा १, सोलुखुम्बुमा १ खोटाङ्गमा १ जना कोरोना संक्रमित देखिएको छ ।