झापाको गौरीगञ्जमा ४ जनामा कोरोना संक्रमण पुष्टी, प्रदेश १ मा संक्रमितको संख्या १६५ पुग्यो

झापा :  झापामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको गौरीगञ्ज गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

 

बिज्ञापन

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप चारजनामा संक्रमण पुष्टि भएको हो । यस्तै, मोरङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका २३,३७र ३९ बर्षिय ३ जना पुरूष र वार्ड नं. ५ घर भएका १८ बर्षिय १ जना पुरूषमा काराेना पुष्टि भएकाे प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।

 

भारतकाे गुजरात र मुम्बईबाट गाैरीगंज आईपुगेका उनीहरूकाे जेठ १५ गते पिपिसीअार टेष्ट लिई परिक्षणका लागि विराटनगर पठाईएकाे थियाे ।

 

संक्रमित सबै भारतबाट आएकाहरु हुन । गौरीगञ्ज गाउँपालिका – ६ मा रहेको प्राथमिक स्वास्थ्य चौकीमा बसिरहेका ५१ मध्ये ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्राथमिक स्वास्थ्य निरिक्षक रामचन्द्र मिश्रले जानकारी दिए । उनीहरूलाई थप उपचारका लागि काेराेना अस्पताल पठाउन कुरा भईरहे पनि टुङ्गाे नलागिसकिएकाे जनाईएकाे छ ।

 

विराटनगर– १२ मा एकजनालाई कोरोना संक्रमण पुष्टि महिला पनि भारतबाट आएको विराटनगर महानरगपालिका – १२ का अध्यक्ष हिरालाल कामतले बताए ।

 

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६५ पुगेको छ ।

 

संक्रमित मध्ये सबैभन्दा बढी झापामा १११ जना छन । ती मध्ये एकसय जना झापाको कचनकवल गाउँपालिकाका हुन ।

 

संक्रमित मध्ये ३० जना उपचार पछि फर्किएका छन् ।