
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका मध्ये ३ जनाको नाम सिफारिश गरिएको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले नायक भूवन केसी, निर्देशक दयाराम दाहाल र संकृतीकर्मी राजेश थापाको नाम सिफारिश गरेको हो । बोर्ड अध्यक्षका लागि अन्य ७ जना चलचित्रकर्मीले पनि आवेदन दिएका थिए ।
१० जनाको आवेदन परेपछि सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिश समिति गठन गरिएको थियो । समितिले तीन चलचित्रकर्मीको नाम सिफारिश गरेर पठाएको छ । अब बस्ने मन्त्रीपरिषद्को बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ ।
मंसिरको २९ गते चलचित्र विकास बोर्डका तत्कालिन अध्यक्ष केशव भट्टराइको निधन भएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहँदै आएको थियो ।
अहिलेको बिषय परिस्थितीमा चलचित्र क्षेत्रलाई चलायमान बनाउन पनि विकास बोर्डमा अध्यक्ष नियुक्ती गर्न आवश्यक छ ।
समितिले सिफारिश गरेका तीन जना व्यक्तिहरु नै बोर्ड अध्यक्षका लागि बलियो प्रतिस्पर्धी मानिएका छन् । तर, चलचित्र विकास बोर्डको अध्यक्ष हुने व्यक्तिका लागि कार्यकाल सहज भने छैन ।
चलचित्र क्षेत्र नै पछाडि धकेलिएको अवस्था बोर्ड अध्यक्षको टाउकोमा जिम्मेवारीको ठूलो सूची छ ।