
सुनसरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले पत्रकारहरुलाई दिएको धाकधम्की र दुर्व्यवहारको घटना सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले उक्त घटनाको सत्यतथ्य अध्यायन गर्न मिसन टोली गठन गरेको छ । उक्त टोलीलाई घटनाको वास्तविकता अध्यायन गरि यथार्थ बाहिर ल्याउने जिम्मेवारी दिइएको छ ।
समितिको बिहीबार बसेको बैठकले पत्रकार मोहनकाजी न्यौपानेको संयोजकत्वमा गणेश लम्साल, अमर खड्का र जयकृष्ण यादव सदस्य रहेको मिसन टोली गठन गरेको हो ।
इटहरी उपमहानगरपालिकाका प्रमुख चौधरीले समाचार लेखेकै अाधारमा पत्रकारहरुलाई दिएको धाकधम्की र दुर्व्यवहारको घटनापछि पत्रकार विराट अनुपम विस्थापित हुने अवस्थामा पुगेकोले अावश्यक सुरक्षा र संरक्षणमा राख्ने निर्णय गरेको महासंघको विज्ञप्तिमा उल्लेख छ।

संसदमा समेत उठ्यो अावज



प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका संसदहरुले पत्रकारहरुलाई भौतिक अाक्रमणको धम्की दिने मेयर चौधरीलाई कारबाहीको माग गरेका छन् ।प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै संसदहरु सुजता परियार र हीरा गुरुङले कानुन हातमा लिन खोज्ने मेयर चौधरीलाई फौजदारी अपराध अन्तर्गत मुद्दा चलाउन माग गरे ।
