विराटनगरमा आजदेखि अतिआवश्यक पसल मध्याह्न १२ बजेसम्म सञ्चालन हुने

विराटनगर महानगरपालिकामा रहेका होटल, रेष्टुुराँ तथा सैलुनबाहेक अतिआवश्यक पसल तथा व्यवसाय बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।

महानगरपालिका अन्र्तगत कोभिड क्राइसीस म्यानेजमेन्ट कमिटीको बुधबार बसेको बैठकले बिहीबार बिहानदेखि मध्याह्न १२ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय भएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए । महानगरपालिकाले सामाजिक दूरी कायम गरी सुरक्षितरुपमा व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

व्यवसाय सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालय र महानगरपालिकाले संयुुक्तरुपमा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । मापदण्ड विपरीत सामाजिक दूरी कायम नगर्ने र तोकिएको समयबाहेक अन्य समयमा व्यवसाय सञ्चालन गरेको पाइएमा कारवाही हुने महानगरपालिका प्रमुख पराजुुलीले बताए ।