लक डाउनमा ‘भागवत गीता र महाभारत’ पढ्दै अनमोल

२ महिना भन्दा लामो समयदेखिको लक डाउनका कारण मानिसहरु घर भित्रै छन् । कोरोना भाइरसको त्रासले मानिसहरुलाई घर भित्रै बस्न वाध्य पारेको हो ।

 

बिज्ञापन

घरमै बस्दा नेपाली चलचित्रका कलाकारहरुले धेरै कुरा सिकेका छन् । कोही पुस्तक पढेर समय बिताइरहेका छन् भने कोही खानेकुरा पकाउन सिक्दैछन् । केही कलाकारले लक डाउनकै समयमा सामाजिक सेवालाई पनि निरन्तरता दिए ।

 

नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएपछि घरमै छन् । दशैलाई रिलिजको टार्गेट गरेर यो चलचित्रको छायांकन सुरु भएको थियो । तर, अब यो चलचित्र दशैंमा रिलिज हुन्छ भन्न सकिने अवस्था छैन ।

 

लक डाउनको समयमा नायक अनमोल केसीले धार्मिक पुस्तकहरु पढिरहेका छन् । ५ बर्षदेखि भगवान् कृष्णको भक्त रहेका नायक केसीले लक डाउनको समयमा आफूले ‘भागवत गीता’ पढिसकेको बताए । उनले भने–‘भागवत गीता पढ्दा मनलाई शान्ती मिल्छ । जीवनलाई सामान्य तरिकाले विताउनुपर्छ भन्ने मैले सिकेको छु ।’

 

अनमोल अहिले ‘महाभारत’ पढिरहेका छन् । निर्जल्ला एकादशीको दिनमा अनमोलले वुढानिकलकण्ठमा रहेको कृष्ण मन्दिर परिसरमा पुगेर २४ घन्टा पानी पनि नखाई ब्रत बसेका थिए ।

 

नायक केसी भन्छन्–‘भागवत गीता, महाभारत पढिरहँदा मैले जीवनको परिभाषा वुझेको छु । जीवनलाई सोच्ने तरिका बदलिएको छु । मन शान्त र एकाग्र भएको छ ।’

अनलाईन खबरबाट साभार