क्रिएटिभ नेप्लीज युथ गौरादह सम्पर्क केन्द्रद्वारा रक्तदान कार्यक्रम सम्पन्न

झापा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण जारी  विषम् परिस्थितिमा  देशभरि नै रगतको चरम् अभाव भैरहेको ले उक्त परिस्थितिलाई मध्यनजर गर्दै क्रिएटिभ नेपलिज युथ गौरादह सम्पर्क केन्द्र ले अाज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

 

कोरोना भाइरसको संक्रमणको डर र लकडाउनका कारण देशका विभिन्न ठाउँमा रगत संकलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र बिर्तामोड झापाको सहकार्यमा क्रिएटिभ नेप्लीज युथ गौरादह सम्पर्क केन्द्रले आज कार्यक्रम गरेको हो ।

 

गौरादह नगरपालिका-३ स्थित सामुदायिक भवनमा सम्पन्न रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् ।

 

सरकारले जारी गरेको लकडाउन र कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको    अर्जुन श्रेष्ठ लेे जानकारी दिए ।

 

यसैबीच,कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य दिपक कार्कीले लकडाउनको समयमा पनि रक्तदान जस्तो पुण्य कार्य गरेको भन्दै खुशी व्यक्त गर्दै आजको समयमा युवाहरुको कार्यशैलीलाई अझै प्रभावकारी बनाउनुुपर्ने, युवाले सहि नेतृत्व लिन सके समृद्ध राष्ट्र निर्माण हुने बताएका छन् ।

 

यस्तै, रक्तदान कार्यक्रमका लागि गौरादह नगरपालिका १ का दिनेस बोहोरा र २ का दिलिप भण्डारीले आर्थिक सहयोग गरेका थिए ।
रक्तदान कार्यक्रममा गौरादह नगरपालिका, नेपाल प्रहरी गौरादह, गौरादह उद्योग वाणिज्य संघ, सिग्देल कमेडि सो, होटल फ्रेन्डसिप, ममता मेडिकल हल र सुनौलो बिहानी युवा क्लब सहयोगी संस्था रहेको थियो ।

 

त्यस अवसरमा गौरादह नगरपालिका र ममता मेडिकल हलले करिब १०० थान मास्क, ग्लोभ्स र २ वटा सेनिटाइजर उपलब्ध गराएको थियो । मास्क रक्तदान गर्ने दाताहरुलाई वितरण गरिएको क्रिएटिभ नेप्लीज युथ क्लब का सह सचिव सागर सहयात्रीले ओमकार टाइम्स लाई जानकारी दिए ।