
इटहरी । सुनसरीको इटहरीमा विभिन्न संगठनका राष्ट्रवादी युवाहरुले राँके जुलुस निकालेका छन् । बिबादास्पद एमसीसी सम्झौताको बिरुद्धमा ठूलो संख्यामा राष्ट्रवादी युवाहरुको उपस्थितिमा चर्को नारावाजी सहित राँके जुलुस निकालिएको थियो ।

बिज्ञापन



उक्त जुलुसमा हिन्दु सेना नेपाल , शिव सेना नेपाल , रा.प्र.पा. लगायत संगठन तथा पार्टीको युवाहरुको बाक्लो उपस्थिति रहेको थियो । हातमा राँको बोकेका संयौको संख्यामा उपस्थित युवाहरुले एमसीसी खारेज गर , गणतन्त्र मुर्दावाद , राजसंस्था जिन्दावाद जस्ता नारा लगाएर इटहरी परिक्रमा गरेका थिए ।
