थप २८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ पीसीआर परीक्षणबाट १ हजार ९१८ जना र ३ हजार ९०१ एन्टिजेन परीक्षणबाट ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिज्ञापन

यस्तै पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसैगरी गत २४ घण्टामा १ हजार ४७५ जना कोरोना संक्रमणमुक्त भएका छन्।