
काठमाडौँ – सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि जेल सजाय भोगिरहेका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रमेशचन्द ठकुरी आज जेलमुक्त हुँदैछन् ।
अदालतले एक वर्षको जेल सजाय तोकेको भएपनि कारागार प्रशासनले २० दिन छुट दिएपछि ठकुरी आज डिल्लीबजार कारागारबाट रिहा हुन लागेको कारागार प्रशासनले जानकारी दियो ।
ठकुरी २०७६ असोज १९ गते सुडान घोटला प्रकरणमा दोषी ठहरिएपछि जेल चलान भएका थिए । ठकुरीसहित पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, हेमबहादुर गुरुङसहित आधा दर्जन प्रहरी अधिकारी दोषी ठहर भएका थिए ।
ठकुरी बाहेक उनीहरुले यसअघिनै कैद सजाय भुक्तान गरिसकेका छन् ।