
काठमाडौँ : नेकपा (एमाले)को केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आज बस्दै छ । केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने छ ।

केन्द्रीय कमिटी भने दिउँसो ३ बजे बस्ने छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइने छ ।
बिज्ञापन



एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते तोकिएको छ । उता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठक रोक्न माग गरेको छ। बैठक नरोके एमाले एकता नहुने नेपालको चेतावनी छ ।
