पछिल्लो २४ घण्टामा १८१ जना संक्रमित , एकजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८१ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार ८७२ वटा नमुनाको परीक्षण गर्दा १८१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ ।

त्यस्तै आइतबार २८९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।