
चितवनका ७४ वर्षीय फोक्सोको क्यान्सरका बिरामीले पनि कोरोना माथि बिजय हासिल गर्नु भएको छ । संक्रमण जितेर भरतपुर महानगरपालिका– ६ का वृद्धका आज भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज हुनुभएको हो ।
एकातिर वृद्ध उमेर, त्यसमाथि फोक्सोको क्यान्सर र केमोथेरापी अर्कोतिर कोरोना भाइरसको संक्रमण यस्तो अति जोमिखयुक्त अवस्थाका मानिस पनि संक्रमणमुक्त हुनुले कोरोनाको उपचार र उचित ब्यबस्थापन भए कोरोना माथि सजिलै बिजय हासिल गर्न सकिने सन्देश प्रवाह भएको छ ।
फोक्सोको क्यान्सरको उपचारका लागि छोरासँग भारत जानु भएका वृद्धमा गत जेठ ९ गते कोरोना संक्रमण देखिएको थियो ।उनकी ७३ वर्षकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको थियो । श्रीमान् श्रीमती दुवैजना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएको अस्पतालका स्रोतले जानकारि दिएको छ ।