
काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को उपाध्यक्षमा झापाका खगेन्द्रप्रसाद अधिकारीलाई मनोनयन गरेको छ ।

असार २ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई मनोनयन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।



त्यस्तै वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा ताप्लेजुङ फुङलिङ नगरपालिका–९ का फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिक्डोल) नियुक्त भएका छन् । त्यस्तै कार्यकारी निर्देशकमा नुवाकोट दुप्चेश्वरका होमबहादुर दाङ नियुक्त भएका मन्त्री खतिवडाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. राजन खनाललाई नियुक्त गरेको छ । काभ्रेको नमोवुद्ध नगरपालिका – ७ घर भएका उनले केही महिनाअघि अर्थ मन्त्रालयको सचिव पदबाट अवकाश पाएका थिए ।
हेर्नुहोस् असार २ गतेको मन्त्रिपरिषदको निर्णय