झापाको दमकमा थप ३ जना मा कोरोना संक्रमण पुष्टी

झापाको दमक मा थप ३ जना मा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

यो सगै दमक मा कोरोना भाइरस संक्रमित हुनेको संख्या ६ पुगेको छ ।

दमकका २ क्वारेन्टाइनमा रहेका सहित ६१ जनाको पिसिआर परीक्षणको लागि स्वाब विराटनगर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइएको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले जानकारी दिए।

दमक को पहिलो संक्रमित भने निको भएर घर फर्किसकेका छन ।