आज असार १४आइतवार , हेर्नुस् आजको राशिफल

वि.सं.२०७७ असार -१४,आइतवार, ई.सं. २०२० जून – २८,शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष-तिथि-अष्टमी , २४:०७ बजे उप्रान्त नवमी,नक्षत्र-उत्तरफाल्गुनी , ०९:०२ बजे उप्रान्त हस्त,योग-वरियान् , २१:०० बजे उप्रान्त परिघ,करण-भद्रा १३:२१ बजेदेखि वव , २४:०७ बजे उप्रान्त तैतिल,चन्द्रराशि-कन्या,आनन्दादि योग-मित्र,सूर्योदय-५:१२,सूर्यास्त-१९:०२, दिनमान-३४ घडी ३४ पला, व्रत/पर्व-अष्टमी व्रत, गोरखकाली पूजा, सर्वार्थसिद्धि योग १३:२१ बजेपछि।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – दैनिकी काममा सचेत रहनुहोला,परिवामा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,चुनौतीभित्र अवसर खोज्ने समय छ,काम गर्दा मतभेत हुनेछ, आजको शुभ अंक १ रहेको छ ।

बिज्ञापन

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – झुटो आरोप लाग्न सक्छ,किनमेल गर्दा सजक रहनु होला,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,यात्रामा अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक ६ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –सत्यको बोलिले पुरानो बिग्रेका रोकियका कामहरु बन्नेछ,मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ,दैनिकी आहारविहारमा सचेत रहनुहोला, आजको शुभ अंक ५ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – काम बिग्रिन सक्छ,आफन्त संग सजग रहनु होला,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,मौन बस्दा नसोचेको काम बन्नेछ, आजको शुभ अंक ९ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– आर्थिक रुपमा सफल भइनेछ,आफन्त संग चनाखो रहनु होला,भौतिक रुपमा सफल भइनेछ,खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – पारिवारिक विवाद वढ्नुका साथै मानसिक तनाव बढ्नेछ,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,मौन बस्दा राम्रो हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,आजको शुभ अंक २ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– रिस त्याग गर्नु होला,काम गर्दा विवाद हुनेछ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ,परिवारमा रमाइलो हुनेछ ,आजको शुभ अंक ४ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – काम गर्दा विवादमा परिनेछ,भूमि तथा पशुधनबाट लाभ मिल्नेछ,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला, आजको शुभ अंक ८ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– नसोची बोल्ने बानीले काम बिग्रिनेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,लेनदेन आदिमा सफल भइनेछ, आजको शुभ अंक ३ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – दिगो फाइदा हुनेछ,लेनदेन आदिमा सफल भइनेछ,व्यपार लागि दिन फलदायी रहनेछ,दैनिकी खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ, आजको शुभ अंक ७ रहेको छ ।