सरकारले कोरोना महामारीविरुद्ध ठोस तयारी नगरेको राप्रपा अध्यक्ष पशुपति शमशेरको टिप्पणी
मंगलबार, जेठ १३, २०७७
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले कोरोना महामारीविरुद्ध ठोस तयारी नगरेको बताएका छन् ।उनले आज ट्वीट गर्दै प्रधानमन्त्री केपी ओली धेरै व्यस्त र असाधारण विशेषज्ञ भएकोले कोरोना महामारीविरुद्ध ठोस तयारी नगरेको बताएका हुन् । विदेशमा रहेका नेपाली स्वदेश फर्काउन सरकारले कुनै चिन्ता र संकेत नदेखाएको राणाको भनाइ छ ।उनले ट्वीट गर्दै भने, ‘प्रधानमन्त्रीज्यूको गज्जबको अक्कल छ । सीमा पार गरेर आउने नागरिकको परीक्षण नेपालको जिम्मा होइन रहेछ, उतैकाले जाँचेर पठाउनु पर्ने रहेछ । महामारीले नेपालीलाई यसै छुदैन भन्ने प्रधानमन्त्रीको अटल विश्वास साँच्चै असाधारण छ । उहाँ आफै विज्ञ, आफै विशेषज्ञ, अनि तयारी किन चाहियो ।’
प्र
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।