आइतबार कति छ अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार (साउन ४) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैगरी, पाउण्ड एकको खरिददर १५० रुपैयाँ ३२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०८ पैसा र बिक्रीदर २८ रुपैयाँ २२ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६  पैसा रहेको छ ।