
प्रदेश १ माआज २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ५ महिला, २ पुरुष, रतुवामाईमा १२ पुरुष, झापाको बाह्रदशीमा २ पुरुष, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीमा १/१ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमणको संख्या ९४५ पुगेको छ । प्रदेश १ बाट ७४७ जना डिस्चार्ज भइसकेका छन् । प्रदेश-१ मा आज ५१८ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश-१ मा आजसम्म ४० हजार १८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।