घाेराही उप-महानगरपालिकाकाे कार्यपालिका बैठक वडा अध्यक्षहरूले बहिस्कार

दाङ । घाेराही उप-महानगरपालिकाकाे कार्यपालिका बैठक वडा अध्यक्षहरूले बहिस्कार गरेका छन् । याेजना छनाेटकालागी अाईतवार बसेकाे बैठक उपमहानगरपालिकाकाे ६ वटा वडाका अध्यक्षहरूले बहिस्कार गरेका हुन् ।

 

 

एकलाैटी ढंगले प्रक्रियाबिना, वडासँगकाे समन्वय बिना नै वडाहरूमा याेजना ल्याइएकाे भन्दै वडा नम्बर ३, ५, ६, ८, १० र १५ नम्बर वडा अध्यक्षहरूले बैठक बहिष्कार गरेका छन् ।

 

३ का अध्यक्ष माधव चाैधरी, ५ का अध्यक्ष विष्णुमणी दाहाल, ६ का अध्यक्ष रेवबहादुर बुढाथाेकी, ८ का अध्यक्ष चन्द्रप्रसाद चाैधरी, १० का अध्यक्ष चित्रबहादुर डाँगी(निर्मल) र १५ का अध्यक्ष रमेशकुमार पाण्डेले अाईतवार कार्यपालिकाकाे याेजना छनाेट बैठक बहिष्कार गरेर बैठक कक्षबाट निस्कीएका हुन् ।

 

वडा न‍ १५ का अध्यक्षले बैठकमा समय लिएर बाेल्दै प्रकियाबिनाकाे याेजनाहरूमा अाफूहरू सहमत नभएकाे भन्दै सल्लाहसहित अाफ्नाे असन्तुष्टि राखेपछि अन्य वडाका अध्यक्षहरू समेत बैठक कक्षबाट निस्किएका थिए ।

 

“सिस्टम गलत भयाे, गत साल वडाबाट नगरस्तरीय याेजना माग गरिन्थ्याे, समग्रग बजेटकाे विषयमा छलफल हुन्थ्याे,” १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले भने, “हाेटलमा गएर याेजना छान्ने अनि छलफल बिना एकैचाेटी सिलिङ ल्याउने । वडाकाे अस्तित्व छैन ?”

 

“याेजनाहरू नगर प्रमुख उपप्रमुखकाे नाम जाेडेर ल्याउन के अावश्यक छ, जनताकाे कार्यक्रम जनताकाे नाममा ल्याए हुदैँन ?” भन्दै उनले प्रश्न समेत गरे । साथै अाफूहरू हाेटलबाट छानेर ल्याएका याेजनामा सहमत नभएकाे भन्दै नाेट अफ डिसेन्ट लेख्ने जानकारीसहित बैठक बहिष्कार गरेकाे उनकाे भनाइ छ ।