
पछिल्लो २४ घण्टाको अवधिमा १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
बिज्ञापन



उनका अनुसार सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको छ । उनीहरूको देशभरक विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ६२६ जना संक्रमण मुक्त भंएर घर फर्किएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १३ हजार ७५४ पुगेको छ । स्वास्थ्य मन्त्राका अनुसार कुल संक्रमित मध्ये ७३.३५ प्रतिशत निको भएका छन् ।
देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा रहनेको संख्या १६ हजार २८९ रहको छ ।