
आज देभभर ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम देशभर ४६४ जनामा कोरोना संक्रमण देखिएको छ ।
सक्रिय संक्रमितको संख्या ६ हजार ३३० रहेको छ । उनीहरूको देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टर मा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ४२५ जनाले कोरोना भाइरसलाई जितेका छन् । अहिलेसम्म १५ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
आज ७ हजार ९३६ जनाको पीसीआर परीक्षण गरिएको छ । १० हजार २०७ जना क्वारेन्टाइनमा रहेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो पटक पाटन अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएसँगै मृतककाे कुल सङ्ख्या ७० पुगेको छ ।
त्यस्तै पछिल्लाे २४ घण्टामा थप चार सय ६४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।