
दमक । झापाको झापा गाउँपालिका स्थित स्वास्थ्य चौकी परिसर भित्रको मेलमिलाप कार्यालयमा चोरी भएको छ । झापा गाउँपालिका वडा नम्बर ५ मा रहेको मेलमिलाप कार्यालयको चेन गेट र ताला फुटाइ गएराती चोरी भएको हो ।
चोरले कार्यालमा रहेको कुर्सी , फ्यान तथा अन्य जिन्सी सामान चोरेको कार्यालयका कर्मचारी मोहम्मद अलीले बताए ।
सोही कार्यालयमा गत भदौ १४ गते राति पनि चोरी भएको र त्यतिबेला पनि चोरले कार्यालयका कुर्सी , फ्यान , बी.पी. मेसिन लगायतका सामाग्री चोरी भएको अलीले बताए । पटक – पटक एउटै कार्यालयमा चोरी हुँदा पनि चोर पत्ता नलाग्नु आफैमा शंकास्पद भएको स्थानीयवासीहरुको भनाइ छ ।