
प्रदेश-१ मा आज ६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २४ पुरुष ८ महिला, रंगेलीमा २३ पुरुष ६ महिला, बूढीगंगामा २ पुरुष, कटहरीमा १ महिला, झापाको मेचीनगर र विर्तामोडमा १/१ पुरुष, सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २२ पुगेको छ ।
प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । कोभिड-१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ४ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका ४ र मोरङका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९१० पुगेको छ । आज प्रदेश-१ मा १ हजार ६९४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५ महिला र ५२ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।