
काठमाडौं : काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । आकस्मिक कक्षमा कार्यरत दुईजना मेडिकल अफिसरलाई कोरोना संक्रमण देखिएपछि कक्ष सिल गरिएको हो ।
उनीहरुमा बुधबार आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालका कोभिड १९ संयोजक डा. सन्तकुमार दासका अनुसार आकस्मिक कक्षका मेडिकल अफिसरलाई कोरोना देखिएपछि उक्त वार्ड सिल गरिएको हो ।
उनका अनुसार थप अन्य आकस्मिक वार्डका अन्य कर्मचारीहरुको आज (बिहीबार) नमुना संकलन गरिनेछ । उनीहरुको रिपोर्ट आएपछि मात्र आकस्मिक वार्ड नियमित गरिने उनले बताए ।