
काठमाडौं । साउन १३ मा सुन्धाराबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पेस्तोलको झोला छाडेर भागेका इल्ताफ हुसेन अन्सरी पक्राउ परेका छन् ।
अन्सारीलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बाराको निजगढबाट पक्राउ गरेको हो ।सुन्धारामा अन्सारीले चलाएको स्कोर्पियोबाट झरेका निलेश सखियाको साथबाट प्रहरीले साढे १४ किलो सुन लेपन गरेको चाँदी र दुईथान पेस्तोल बरामद गरेको थियो । सुन–चाँदी र पेस्तोल बरामद गरेको थाहा पाएपछि ललितपुरको नखिपोटमा स्कोर्पियो छाडेर उनी भागेका थिए ।
जाली नोट कारोबारमा समेत उनलाई जिल्ला अदालत ललितपुरले ०६७ जेठ २६ मा ईल्ताफलाई ३ बर्ष कैद र २ करोड ६१ लाख जरिवाना हुने फैसला गरेको थियो ।