
काठमाडौँ – नेकपा एकीकृत समाजवादीले गठबन्धनको निर्णयअनुसार महानगर र उपमहानगरमा आफ्नो भागमा परेका सबै उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

पार्टी महासचिव बेदुराम भुसालका अनुसार काठमाडौँ महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
बिज्ञापन



यस्तै पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्य, हेटौँडा उपमहानगरपालिकाको मेयरमा मीना लामा, इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्ट, बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगरलाई उम्मेदवार बनाउने एकीकृत समाजवादीले निर्णय गरेको छ ।

गठबन्धनभित्रका दलहरुबीच तालमेलको सहमति भएका ठाउँमा सहमति अनुसारको उम्मेदवारी दिने र तालमेल नभएका सबै ठाउँमा पार्टीको तर्फबाट छुट्टै उम्मेदवारी दिने पनि एकीकृत समाजवादीले जनाएको छ ।