
काठमाडौं । नेपाली कांग्रेसमा सांसद अमरेशकुमार सिंहले सत्तारुढ दल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच केही सम्बन्ध त छैन भन्ने प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले विशेष समय मागगरी बम विस्फोट तथा मृत्युको विषयमा जानकारी दिने क्रममा सांसद सिंहले सरकारको नेतृत्व गरिरहेको नेपाल कम्यूनिष्ट पार्टी नेकपा तथा विप्लव समूहबीच कुनै सम्बन्ध त छैन भन्ने प्रश्न उठाएका हुन् ।

संसदमा विशेष समय लिएर बोल्ने क्रममा गृहमन्त्री थापाले गृहमन्त्रीले विप्लवसँग वार्ता भइरहेको भन्ने जानकारी दिएपछि कांग्रेस सांसदहरु सशंकित भएका हुन्।
सिंहले भन्नुभयो, हिजो एउटा कम्युनिस्ट पार्टी संसदमा थियो अर्को बम विस्फोट गर्दै हिँडेको थियो। पछि एक भए। आज पनि एउटा बम आतंक मच्चाउँदै हिँडेको छ अर्को सरकारमा , कतै सरकारसंग सम्बन्ध त छैन ।