झापाको दमक र गौरादहमा शंकास्पद वस्तु फेला, नेपाली सेनाको डिस्पोजल टोली आउदै

झापा । झापाका विभिन्न दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । झापाको दमकस्थित रतुवा खोलाको पुल नजिक पूर्वपश्चिम राजमार्ग र गौरादह–१ स्थित निर्माणाधीन ट्राफिक प्रहरी कार्यालय नजिक शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

बिज्ञापन

सोमबार मध्यान्न पूर्व पश्चिम राजमार्गको बीच सडकमा कुकरलाई बेरिएको अवस्थामा र गौरादहमा कपडाले बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो। घटनास्थलमा प्रहरीले आवत जावतमा रोक लगाएको छ । प्रहरीले चारआलीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी गराईसकेको छ । डिस्पोजल टोली त्यसतर्फ लागि सकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।