
हिमानी शाह (जन्म १ अक्टोबर, १९७६) नेपालकी पूर्व युवराज्ञी हुन्। यिनी पूर्व युवराज पारस शाहकी श्रीमती हुन्।
हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन्। यिनको तत्कालिन शाहज्यादा पारस सँग विवाह भएको थियो। हाल विभिन्न सामाजिक कृयाकलापमा संलग्न हिमानी छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई साथमा लिएर नेपालमा बस्दछिन्।
-स्रोत : विकिपिडिया