‘संसद विघटनको धारा खोइ ? दिउँसै लाल्टिन बालौँ है’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै सत्तारुढ नेकपा प्रचण्ड–नेपाल समूहको भातृ संगठन अनेरास्ववियू सरकारको कदमको विरोधमा सडकमा उत्रिएको छ ।

अनेरास्ववियूले आज काठमाडौंको माइतीघर मण्डलामा लाल्टिन जुलुस निकालेको छ । दिउँसोको समयमा लाल्टिन बालेरै खोज्दा पनि संविधानमा संसद विघटनको धारा नभेटिएको भन्दै ‘संसद विघटनको धारा खोइ ? दिउँसै लाल्टिन बालौँ है’ नारा लगाएका छन् । मंगलबार अनेरास्ववियू प्रचण्ड–माधव समूहले पत्रकार सम्मेलनमार्फत चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो ।