आज सुनको मूल्य  बढ्यो, कतिमा हुँदैछ काराेबार ?

शुक्रबारबाट उकालो लाग्न सुरु गरेको सुनको मूल्यले मंगलबार वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ९ सयले वृद्धि भएको हो ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउमा पनि मंगलबार सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ पुगेको छ ।