
चितवन : मंगलबार रातिदेखि लगातार परेको वर्षासँगै आएको बाढीले नारायणी नदीमा खतराको तह पार परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम विभागका अनुसार बिहीबार बिहान ९ बजे नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जनाएको छ ।
विभागले एसएमएसमार्फत बाढी अझै बढ्दो क्रममा रहेका कारण चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
बिहीबार बिहान साढे ३ बजे नै नारायणीमा बाढीले सतर्कताको हत पार गरेको थियो ।
बाढी बढ्दै गए चितवनतर्फ भरतपुर महानगरपालिकाअन्तर्गतका मंगलपुर, गुन्जानगर, दिव्यनगर र मेघौली क्षेत्रमा डुबान र कटानको समस्या आउन सक्ने महानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख प्रेमराज जोशीले बताए ।